रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने
काठमाडौं - नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ ।
बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएका हुन् ।वडा अधिवेशन सुरु हुने अघिल्लो दिन नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिमा एउटै उम्मेदवार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुसँगको भेटमा आफू पुनः सभापतिमा उठ्ने बताइसकेका छन् ।त्यस्तै, वरिष्ठ नेता पौडेलसँगै विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान श्रेष्ठ लगायत पनि सभापतिका आकांक्षी रहेका छन् । उनीहरुबीच साझा सभापति खोज्ने प्रयास भए पनि हालसम्म भने टुंगोमा पुग्न सकेका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस