हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन
खबर एक्सप्रेस
२०८१-०४-२३ ०७:२१ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - सरकारले हेलिकप्टर दुर्घटनाको छानबिन गर्न जाँच आयोग बनाएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो ।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन् । आयोगलाई काम सुरु गरेको मितिले ३० दिन हुने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस