आयोगको निर्णयविरुद्ध तोसिमाद्वारा सर्वोच्चमा रिट दायर
खबर एक्सप्रेस
२०७९-०७-१४ ०३:३२ मा प्रकाशित
Total Shares: 340
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
ललितपुर–३ मा उम्मेदवार बनेकी कार्कीको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि सोमबार कार्कीले सर्वोच्चमा रिट दायर गरेकी हुन् । प्रारम्भीक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।
कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएकाले निजको उम्मेदवारी अयोग्य कायम गरिएको आयोगले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस