काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ ।

उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुको लगेज जाँच गर्दा गोली फेला परेको हो ।

विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार गोली लैजानुको उद्देश्यबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार मुनादेवी अवकाश प्राप्त प्रहरी कर्मचारीकी पत्नी हुन्।