आईपीएलको आजको खेल स्थगित
खबर एक्सप्रेस
२०७८-०१-२० ०५:१७ मा प्रकाशित
Total Shares: 745
काठमाडौं,एजेन्सी - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजका लागि तय भएको खेल स्थगित भएको छ ।
अहमदाबादमा हुने भनिएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीचको खेल खेलाडीलाई कोरोना संक्रमण भएपछि स्थगित भएको हो ।
कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल स्थगित गर्ने निर्णय गरिएको हो ।
टोलीका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको छ । दुई खेलाडी आफैँ आइसोलेशनमा बसेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस