काठमाडौं - नायक अजय देवगण अभिनित ‘तान्हाजी’ले बक्स अफिसमा राम्रे कमाई गरिरहेको छ । रिलिजको चौथो हप्तामा चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरेको छ ।

यसैविच, यो चलचित्रले भारतको मुम्बई सर्किटमा नयाँ रेकर्डसमेत राखेको छ । मुम्बई सर्किटबाट मात्र ११८ करोड कमाई गर्दै ‘टाइगर जिन्दा हे’ले बनाएको रेकर्ड तोडेको हो । मुम्बई सर्किटमा धेरै कमाउने रेकर्ड भने 'बाहुवली-२'को नाममा रहेको छ । ‘बाहुवली २’ले मुम्बई सर्किटमा १९१ करोड कमाएको थियो ।

यस्तै, चलचित्र ‘पीके’ले १०५ करोड, ‘दंगल’ले १०४ करोड तथा ‘सञ्जु’ले १०२ करोड कमाएको थियो । फिल्ममा अजयलाई काजोलले साथ दिएकी छन् ।