सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस
खबर एक्सप्रेस
२०७८-१०-१४ ०७:५४ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
आज बसेको सीसीएमसी बैठकले निजी र ट्याक्सीजस्ता सवारीसाधनमा जोर बिजोर प्रणाली कायम राखेर सार्वजनिक सवारी साधनमा सो प्रणाली हटाउन सिफारिस गरेको हो ।
सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस