अनशनरत अभियन्ता ईः अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७७-०४-१९ ०१:४१ मा प्रकाशित
Total Shares: 1246
काठमाडौं - अनशनरत इनफ इज इनफका अभियन्ता ईः लाई अस्पताल भर्ना गरिएको छ ।
सरकारसँग कोरोना संक्रमण महामारीको उचित व्यवस्थापनको माग गर्दै १७ दिनदेखि अनशनमा बसेका ईःको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पताल लगिएको हो । उनलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको बताइएको छ ।
पिसिआर परीक्षण पर्याप्त हुनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, कोरोना व्यवस्थापनमा गरेको खर्चको विवरण सरकारले पारदर्शी बनाउनुपर्ने लगायतका माग राख्दै ईः वसन्तपुर दरबार स्क्वायरमा अनशनमा बसेका थिए ।
फेसबुक पेज Like गर्नुहोस