टी–ट्वान्टी विश्वकपः आज दुई खेल हुँदै
खबर एक्सप्रेस
२०७८-०७-१० ११:४१ मा प्रकाशित
Total Shares: 191
काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार) दुई खेलहरु हुँदैछन्।
आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ । यता बंगलादेश भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा बंगलादेश श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आबुधाबीमा हुने यी दुई टिमबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस