म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो
खबर एक्सप्रेस
२०७८-०५-१२ ०९:१६ मा प्रकाशित
Total Shares: 305
काठमाडौं - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् ।
पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डो सन् २००९ पछि युनाईटेडमा फर्किएका हुन् । उनको युभेन्टससँग एक सिजन सम्झौता बाँकी नै रहेको थियो । तर, उनले आन्तरिक कारण छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
युनाइटेडले कति वर्ष र कति खर्चेर पुन: रोनाल्डोलाई भित्र्याएको भन्ने स्पष्ट पारेको छैन ।
रोनाल्डोले म्यानचेस्टर युनाईटेडबाट २००३ देखि २००९ सम्म खेलेका थिए । रोनाल्डो २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए । रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस