काठमाडौं - साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बायर्नले बोरुसिया मोन्चेनग्लाडबाखसँग १-१को बराबरी खेलेको हो । 

खेलको १०औं मिनेटमा एलासने प्लेयाले गोल गर्दै घरेलु टोली मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए । तर मोन्चेनग्लाडबाखले त्यो अग्रतालाई जोगाउन सकेन । ४२औं मिनेटमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

बराबरीपछि दुवै टोलीले समान १/१ अंक जोडेका छन् ।