दोहोरो अंकले घट्यो नेप्से
खबर एक्सप्रेस
२०७७-११-११ ०४:५१ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार सुरुवात भएदेखि उतारचढाज देखिएको बजारमा परिसूचक अन्ततः २१.१६ अंकले घटेर २५८६.५१ बिन्दुमा झरेको छ ।
कारोबार शुरु भएको करिब २ घण्टाको अवधिमा घटेर २५१९ बिन्दुसम्म पुगेको बजार त्यसपछिको कारोबारमा भने समालिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ४६७ बिन्दुमा झरेको छ ।
उतारचढाव देखिएको बजारमा कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ८ अर्ब ४० करोडको सेयर कारोबार भएको बजारमा मंगलबार भने ८ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस