अयाेग्य लडाकुलाई रकम वितरण गर्न सर्वाेच्चकाे राेक
खबर एक्सप्रेस
२०८०-०२-०२ ०५:१७ मा प्रकाशित
Total Shares: 77
काठमाडाैं-सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ ।
सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ ।
सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस