काठमाडौं, बुटवल - रुपन्देहीस्थित कोभिड अस्पतालमा एक जना कोरोनाभाइरस संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका– १ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा संक्रमितले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुष रहेका छन् । उनले शनिबार बिहान अस्पतालको शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइए पनि आत्महत्या गरेका हुन् । अस्पतालका स्वाथ्यकर्मीका अनुसार उनमा ‘साइको’को समस्या रहेको बताइएको छ ।