दाङमा पार्किङ गरेको कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो
काठमाडौं - दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीनजना बालकको पहिचान खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र मृत भेटिएका बालकहरु तुलसीपुर–६ बरुवागाउँकै रहेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकहरु भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका छन् । शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।
यसअघि बैशाख १६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा बालक हराएको भन्ने निवेदन परेको थियो। गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको उक्त कारबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शनिबार राति घटना बाहिरिएको थियो । हाल बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट टोली तुलसीपुर पुगेको छ ।
अनुसन्धानका लागि गाडी मालिक यादब प्रसाद गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ । घटना गम्भीरजस्तो देखिने र यसको सूक्ष्म अध्ययन भैरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस