सत्तापक्ष र प्रतिपक्षबीचको छलफल सकारात्मक
काठमाडौं - बालुवाटारमा भएको सत्तापक्ष र प्रतिपक्षबीचको बैठक सकारात्मकरूपमा अगाडि बढेको दाबी गरिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय छानबिन समिति बनाउनेतर्फ नै छलफल अघि बढेको दाबी गरेका हुन् ।
‘छलफल सकारात्मक छ। छानबिन समिति बनाउनेतर्फ नै बैठक गइरहेको छ । व्यक्ति वा सहकारीभन्दा पनि मूलभूत जे कुरा उठेको छ त्यो कुरा हुनुपर्यो भन्ने हाम्रो अडान हो,’ उनले भने ।
उनले सहकारीमा लाखौं बचतकर्ताको करोडौं रकम अपचलन भएको र निजी कम्पनीमासमेत रकम अपचलन भएकाले त्यसमाथि छानबिन हुनुपर्ने बताए ।
शुक्रबार अपराह्न प्रधानमन्त्रीसँगको छलफलपछि बालुवाटारबाट बाहिरिने क्रममा लेखकले गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारीहरूको छानबिन गरे उनको संलग्नता पुष्टि हुने दाबी गरे ।
उनले सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीबाट कुन कम्पनीमा पैसा गएको छ भन्नेबारे छानबिन हुनुपर्ने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस