इलाम १ बाट एमालेका महेश निर्वाचित, झलनाथ खनाल पराजित
खबर एक्सप्रेस
२०७९-०८-११ ०५:५० मा प्रकाशित
Total Shares: 293
काठमाडौं - इलाम क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई झण्डै २ हजार ५ मतान्तरले हराउँदै बस्नेत निर्वाचित भएका हुन् ।
बस्नेतले २५ हजार ६९९ मत ल्याउँदा खनालले २३ हजार ४५ मत प्राप्त गरे । जितहारको औपचारिक घोषणा समानुपातिकतर्फको मतगणना सकिएपछि मात्र गरिने निर्वाचन अधिकृत राजकुमार दाहालले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस