पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-११-०९ ०४:५६ मा प्रकाशित
Total Shares: 290
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस