काठमाडौं - राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान भएको सम्पन्न मतपरिणामबाट लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएर विजयी भएका हुन् । 

राजधानीको भृकुटीमण्डपमा गत बुधबारबाट जारी पार्टीको एकता महाधिवेशनमा शनिबार नेतृत्वका लागि चुनाव भएका थियो । त्यसपछि  आइतबार बिहान मतगणना सम्पन्न भएको हो । प्राप्त नतिजा अनुसान लिङदेन १८४४ मतका साथ विजयी भएका छन् भने पराजित थापाले १६१७ मत ल्याए । चार सय ४१ मत बदर भएको थियो।

यद्यपी निर्वाचन समितिले औपचारिक रूपमा नतिजा सार्वजनिक गरेर लिङ्देन विजयी भएको घोषणा गर्न भने बाँकी छ।