काठमाडौं, एजेन्सी - दुबई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ । दुबै खेल सारजाह क्रिकेट स्टेमियममा हुनेछ ।

पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको आजको पहिलो खेलमा आयरल्यान्डले नामिवियासँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ः४५ बाट सुरु हुनेछ ।

दुबैलाई आजको खेल जित्नै पर्ने दवाव छ । दुबै टोलीले एक खेल जित्दा एक खेलमा पराजय भोगेका छन् ।

यस्तै दोस्रो खेलमा श्रीलंकाले नेदरल्यान्ड्सको सामना गर्नेछ । यी दुई टोलबीचको खेल राति ७ः४५ मा हुनेछ । 

श्रीलंकाले सुपर १२ को यात्रा सुनिश्चित गरिसक्दा नेदरल्यान्ड्स भने अघिल्ला दुई खेलमा पराजय भोग्दै सो दौडबाट बाहिरिसकेको छ ।

यस समूहको शीर्ष स्थानमा रहेको श्रीलंकाको चार, आयरल्यान्ड र नामिवियाको समान दुई–दुई अंक छ भने नेदरल्यान्ड्स अंकविहिन रहेको छ ।