काठमाडौं उपत्यकामा कोरोनाका १८६ सङ्क्रमित थपिए
काठमाडौं - उपत्यकामा कोभिड–१९ का १८६ सङ्क्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा उपत्यकाको तीन जिल्लामा १८६ सङ्क्रमित थपिएको जनाएको छ । प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा सबैभन्दा बढी काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना थपिएको जानकारी दिए ।
पछिल्लो चौबीस घण्टामा काठमाडौंको पाटन अस्पतालमा मात्रै दुई जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ९७१ ज्नाको आरटी पीसीआर परीक्षण गरिएको छ । ३१३ जना सङ्क्रमित पछिल्लो चौबीस घण्टामा निको भएर घर फर्केको मन्त्रलायले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस