काठमाडौं - चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ ।
विश्वकीर्तिमानी नेपाली पर्वतारोही पुर्जाको पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको हो ।
चीनको सीमासँग जोडिएको ब्रड पिकमा १० सदस्यीय टोली आरोहण गर्न हिडेको थियो ।
बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकको शिखरतर्फ करिब ६,६०० मिटर उचाइमा उक्लिरहेका बेला टोली हिमपहिरोमा परेको थियो ।
टोलीसँग अन्तिम सम्पर्क बिहीबार बिहान भएको थियो। त्यसै दिन साँझ शक्तिशाली हिमपहिरो आएको खबर सार्वजनिक भएको थियो ।
पाकिस्तान अल्पाइन क्लबकी प्रतिनिधि नाइला कियानीका अनुसार आरोहीहरूको ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले उनीहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको छ ।

.gif)


