धरानमा दुई कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०५-१४ १२:४२ मा प्रकाशित
Total Shares: 427
काठमाडौं - धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ।
धरान-१७ की ७४ वर्षीया वृद्धा र धरान-१७ कै ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका अनुसार वृद्धालाई आइतबार बिहान नै भर्ना गरिएको थियो। मधुमेह, उच्च रक्तचापकी बिरामी रहेकी ती वृद्धाको उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
उपचारको क्रममा उनीमा कोरोना पुष्टि भएको थियो । यस्तै, पुरुषको बिहान ७:४५ मा मृत्यु भएको हो । शनिबार राति ९ बजे भर्ना भएका ती पुरुषमा अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस