विदेशमा कोरोनाले नेपालीको मृत्यु हुने क्रम रोकियो : एनआरएनए
काठमाडौं - कोरोना भाइरस संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता कोरोना भाइरसको संक्रमणबाट कुनै नेपालीले ज्यान गुमाउन परेन ।
समितिले दिएको जानकारी अनुसार विदेशमा संक्रमितदरमा उल्लेख्य रुपमा कमी आएको छ भने निको हुनेको संख्या बढेको छ ।
समितिका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जना नेपाली संक्रमित भएका छन् । जसमा २७ हजार ३ सय ६२ जना नेपाली संक्रमणमुक्त भएका छन् । जुन संख्या कुल संक्रमितको ९२ प्रतिशत हो ।
अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ ।
अहिलेसम्म नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।
फेसबुक पेज Like गर्नुहोस