सभामुखले गरे संघीय संसद् भवनको अवलोकन
खबर एक्सप्रेस
२०८०-०२-१८ ०४:२३ मा प्रकाशित
Total Shares: 81
काठमाडौं-सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि पहिलो पटक संघीय संसद् भवनको अवलोकन-निरीक्षण गरेका छन्।
सिंहदरबारस्थित पुतली बगैंचा वरपरको १५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटाको निरीक्षण गरेका हुन्।
निर्माणाधीन अत्याधुनिक भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको बताए।
उनले भने, ‘निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन दिएको छु । संसद् भवन निर्माणको कामलाई कार्य योजनाकै रूपमा ‘फलो अप’ गर्नेछु ।’
सभामुखसँगै सहरी विकासमन्त्री सीता गुरुङपनि अवलोकन निरीक्षणमा पुगेकी छन् । यस्तै उपसभामुख इन्दिरा रानामगरपनि निरीक्षण टोलीसँग छिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस