युक्रेनमाथि सानदार जति निकाल्दै इंग्ल्याण्ड २५ वर्षपछि सेमिफाइनलमा
काठमाडौं - इंग्ल्याण्ड २५ वर्षपछि युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई ४-० ले सहजै गर्दै इंग्ल्याण्ड अन्तिम चारमा पुगेको हो ।
युक्रेनलाई सानदार जित दिलाउन कप्तान ह्यारी केनले २ गोल गरे भने ह्यारी मगुएरे र जोर्डन हेन्डरसनले एकरएक गोल गरे । इंग्ल्याण्डले पहिलो हालमा एक गोल र दोस्रो हाफमा तीन गोल गरेको थियो ।
कप्तान केनले खेलको सुरुवातमा नै गोल गरेपछि युक्रेन दबाबमा परेको थियो । खेलको चौथो मिनेटमै केनल गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । उनले रहिम स्टर्लिङको पासमा गोाल गरेका थिए ।
मगुएरे ४६ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर बनाए । शाको फ्रिकिकमा मगाएरले हेडरमार्फत गोल गरेका थिए ।
त्यसको केहि मिनेटमा नै केनले हेडरमार्फत गोल गर्दै ३–० को अग्रता दिलाए । खेलको ५० औं मिनेटमा शाले बायाँ विंगबाट दिएको क्रसमा केनले हेडरमार्फत गोल गरेका थिए । ६३ औं मिनेटमा वैकल्पिक खेलाडी जोर्डन हेन्डरसनले कर्नरबाट अर्को गोल थपेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ उन्मुख भयो ।
माउन्टको कर्नरमा अनमार्क रहेका हेन्डरसनले सहजै हेडर गोल गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल पनि हो ।अब इंग्ल्यान्डले फाइनल प्रवेशका निम्ति डेनमार्कको सामना गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस