काठमाडौै - काठमाडौंका केही क्षेत्रमा आज र भोली बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न आज मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने भएको हो ।

बालाजु वितरण केन्द्रका अनुसार काठमाडौं महानगरपालिका, टोखा र बुढानिलकण्ठ नगरपालिका क्षेत्रको विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्न लागिएको छ ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गोंगबु, बालुवाटार, बुढानिलकण्ठ, धापासीलगायत क्षेत्रमा विद्युत सप्लाइ बन्द हुने बालाजु वितरण केन्द्रले जनाएको छ ।

रिङरोड विस्तार कार्यका लागि महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत रिङमेन महराजगञ्ज फिडर १ र २ भित्रको एचटि ११००० भोल्ट लाइन तथा पोल सार्ने कार्य गर्नुपर्ने भएको हुँदा विद्युत सप्लाइ बन्द हुने केन्द्रले जनाएको छ ।

यस्तै, बानेश्वर वितरण केन्द्रले पनि विभिन्न स्थानमा मंगलबार र बुधबार विद्युत सप्लाइ बन्द गर्ने भएको छ। मंगलबार र बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत सप्लाइ बन्द गरिने बानेश्वर वितरण केन्द्रले जनाएको छ। माइती नेपाल, संडोल, नयाँपाटी, नाम्गेल, सुन्दरीजल वीपीचोक र आसपासका क्षेत्रमा विद्युत सप्लाइ बन्द गर्न लागिएको हो।