काठमाडौं एजेन्सी - ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

अहमदाबादमा शुक्रबार राति भएको खेलमा पन्जाबले बैंगलोरलाई ३४ रनले पराजित गरेको हो । पन्जाबले दिएको १ सय ८० रनको लक्ष्यसहित जावाफी ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मै समेटियो । 

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन जोडे । रजत पतिदारले ३१ रन बनाए । हर्सल पटेलले ३१ रन बनाउँदा केली जेमिसन १६ रनमा अविजित रहे ।

बैंगलोरलाई सस्तैमा समेट्न पन्जाबका हरप्रित ब्रारले ३ विकेट लिए । रबि बोस्नाईले २ तथा रिली मेरेदिथ, मोहमद शामी र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । पन्जाबका लागि कप्तान लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए ।

यस्तै, क्रिस गेलले ४६ रन जोड्दा हरप्रितले अविजित रहदै २५ रन बनाए । बैंगलोरका केली जेमिसनले २ विकेट लिए । डानिल साम्स, युजभेन्द्र चाहल र सहबाज अहमेदले १/१ विकेट लिए ।

यससँगै पन्जाबले लिगमा तेस्रो जित निकालेको छ । पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ । पन्जाब पाँचौ स्थानमा उक्लिएको छ ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।