न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल र तार हटाउँदै काठमाडौं महानगर
खबर एक्सप्रेस
२०८१-०७-२९ ०१:३२ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो ।
लामो समयको विवादपछि विस्तार गरिएको जुद्द शालिक इन्द्रचोक फुटपाथको बीचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढेको छ ।
फुटपाथ बढाइएका क्षेत्रमा विधुतका तार र केबल भूमिगत गरिएको । विद्युत र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाउन प्राधिकरणलाई सहजीकरण गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस