काठमाडौं - सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयको रहेको एक घरमा आगलागी भएको छ ।

गाउँपालिकाको प्रधानमन्त्री रोजगार शाखा र र पूर्वाधार शाखा रहेको एक घरमा आगलागी भएको हो । आज दिउँसो करिब एक बजे कार्यालयको माथिल्लो तलामा आगो लागेको हो ।

माथिल्लो तलामा रहेको भान्छाबाट आगलागी शुरु भएको बताइएपनि कारण भने खुलेको छैन । तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार हावाहुरीले पोल ढलेकाले दुई–तीन दिनदेखि बिजुली थिएन । आज बिजुली आउने वित्तिकै आयो लागेको हो ।

अध्यक्ष कार्कीले पनि तार सर्ट भएर आगो लागेको अनुमान गरेकी छन् ।

हावा अहिले पनि चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएको प्रहरीले जनाएको छ ।