काठमाडौं - उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन।

बिहीबार मात्र पनि उपत्यकामा ५ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा संक्रमण पुष्टि भएको छ