मेन्डीको गोलमा रियलको जित
खबर एक्सप्रेस
२०७७-११-१३ ०८:५३ मा प्रकाशित
Total Shares: 291
काठमाडौं,एजेन्सी - स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-०ले पराजित गरेको हो ।
खेलको १७औँ मिनेटमा रेने फ्रुएलरले रातो कार्ड पाएपछि एटलान्टा १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि रियलको जितमा फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । लुका मोड्रिचको पासमा उनले ८६औँ मिनेटमा गोल गरेका थिए ।
जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ । अब एटलान्टालाई अर्को चरणमा पुग्न सहज जितको सामना गर्नुपर्ने हुन्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस