भारतमा कोरोनाबाट एकैदिन १२७ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-३१ ०७:१६ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन एक सय २७ जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ हजार ५ सय संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म ।
कोरोनाबाट हालसम्म भारतमा २ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने ७४ हजार संक्रमित भएका छन् । त्यसमा २४ हजार उपचारपछि निको भएका छन् ।
भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस