काठमाडौं - यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ।
समूह चरणका दुई खेलमा लगातार पराजित भएको नेपालको सेमिफाइनल पुग्ने सम्भावना अंक गणितीय रुपमा मात्र जिवित छ।
अफगानिस्तानलाई ७ विकेटले हराएको भारत पाकिस्तानसँग भने ८ विकेटले पराजित भएको थियो।
नेपालले भने पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो हार व्यहोरेको थियो। यस्तै समूह ए को अन्तिम खेलमा आज नै पाकिस्तान र अफगानिस्तान भिड्दै छन् । सो खेल पनि बिहान सवा ११ बजे नै सुरु हुनेछ।

.gif)



