राजस्थान रोयल्सको रोमान्चक जित
काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२औं खेलमा राजस्थान रोयल्सले रोमान्चक जित हात पारेको छ । गएराति दुबईमा भएको खेलमा राजस्थानले पन्जाब किंग्समाथि दुई रनको जित निकालेको हो ।
जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रनमा समेटियो । पन्जाबका लागि मयांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने केएल राहुल ४९ रनमा आउट भए । त्यस्तै, निकोलस पुरणले ३२ रन तथा एडिन मार्क्रमले अविजित २६ रन जोडे ।
राजस्थानका कार्तिक त्यागीले २ विकेछ लिए भने चेतन साकरिया र राहुल टेवाटियाले समान एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भएको थियो । राजस्थानका युवा ओपनर यशस्वी जैसवालले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै, महिपाल लोम्रोरले ४३ रन, इभिन लेविसले ३६ रन र लियाम लिभिङस्टोनले २५ रन जोडे ।
पन्जाबका अर्शदीप सिंहले ५ विकेट लिए भने मोहम्मद शामीले ३ विकेट लिए । ईशान पोरेल र हरप्रीत बारले समान एक/एक विकेट लिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस