काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा काठमाडौंमा १७ महिला र ११ पुरुष, भक्तपुरका २ पुरुष, ललितपुरका १ पुरुष गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको हो । बुधबार पनि उपत्यकामा १७ जनामा संक्रमण देखिएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा ४७३ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ।