काठमाडौं - पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ९ सय १८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालबाट ९ सय १८ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । कोरोनाबाट नेपालमा बुधबारसम्म मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।