काठमाडौं - स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्को जित निकालेको छ ।  शनिबार राति भएको खेलमा घरेलु टोली पिएसजीले मोन्ट पेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो । 

अपराजित पिएसजीको जितमा इड्रीशा गुये र जुलियन ड्राक्सलरले १/१ गोल गरे । 

खेलको १४ मिनेटमा एन्जल डि मारियाको पासमा इड्रिशाले गोल गरेका हुन् । खेलको ८८ मिनेटमा ड्राक्सलरले नेयमारको पास सदुपयोग गरेका थिए  । घुडाको चोटको कारण मेस्सी टोली बाहिर रहँदा अट्याकरद्वय केलियन एम्बाप्पे र नेयमारसमेत गोलरहित रहे ।

जितसँगै पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । उसको ८ खेलबाट २४ अंक छ । पराजित मोन्ट भने ८ खेलबाट ९ अंक सहित ११औँ स्थानमा छ ।