आज प्रतिनिधि सभाको बैठक बस्दै
खबर एक्सप्रेस
२०८१-०४-०६ ०७:३८ मा प्रकाशित
Total Shares: 84
काठमाडौं-आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे प्रतिनिधि सभाको बैठक बोलिएको जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ । गत असार ३० गते संबिधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले संबिधानको धारा ७६ को उपधारा ४ मा व्यवस्था भए अनुसार विश्वासको मत लिन लागेका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस