सभापतिको पुनःमतदान जारी, दुई हजार ५०० बढी मत खस्यो
खबर एक्सप्रेस
२०७८-०८-२८ ०७:५१ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । निर्वाचन अधिकृत तेजबहादुर रावलका अनुसार साँझ ६ः३० बजेसम्म दुई हजार ५०० मत बढी खसेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न छ स्थानबाट व्यवस्था भइरहेको छ ।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन भएकोे हो ।
फेसबुक पेज Like गर्नुहोस