राष्ट्रियसभाबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित
खबर एक्सप्रेस
२०८१-०५-०६ ०६:१८ मा प्रकाशित
Total Shares: 87
काठमाडौं- संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।राष्ट्रिय सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो। पछिल्लो पटक सरकारले २५ फागुन २०७९ मा प्रतिनिधिसभामा संशोधन विधेयक दर्ता गरेको थियो ।जसलाई संघीय संसदको दुवै सभाले संशोधनसहित पारित गरेको हो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस