सोमबार सरकारले दियो सार्वजनिक बिदा
खबर एक्सप्रेस
२०८१-०३-०१ ०३:५९ मा प्रकाशित
Total Shares: 130
काठमाडौं - सरकारले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।
सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस