काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनलाई कसरी प्रभावकारी बनाउनेलगायत विषयमा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबारदेखि काठमाडौंमा आन्दोलन सुरु गरेको छ ।

गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ ।