सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन
खबर एक्सप्रेस
२०७९-१०-१७ ०८:३४ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ ।
मंगलबार सन्दिपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले जानकारी दिए ।
दुई हप्ताअघि उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो। तर, महान्यायाधिवक्ता कार्यलयले उच्च अदालतको सो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को मर्म, विपरीत भएको भन्दै सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर गरेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस