काठमाडौंको कागेश्वरीमा पहिरोमा परी एक युवकको मृत्यु
खबर एक्सप्रेस
२०७७-०४-०५ १२:१७ मा प्रकाशित
Total Shares: 272
काठमाडौं - काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिका–१ मा पहिरोले पुरिँदा १ जनाको ज्यान गएको छ ।
गएराति साढे ६ बजे माटोको ढिस्को खसेर पुरिँदा कागेश्वरी मनोहरा नगरपालिका–१ कै २१ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका वृत्तपति प्रहरी नायब उपरीक्षक (डीएसपी) नविन कार्कीले जानकारी दिए ।
गाउँमा डुल्न निस्कएका गुरुङ बाटोमा हिँड्दै गर्दा माथिबाट आएको पहिरोले पुरिएका थिए। उनको शव बेलुकी नै स्थानीय र प्रहरीले निकालेका प्रहरीले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस