प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७७-०४-२२ ०२:४५ मा प्रकाशित
Total Shares: 477
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पतालमा उनीहरुको कोरोना परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजिटिभ आएसँगै उच्च सतर्कता अपनाइएको छ ।
गेटमा खटिने सेन्ट्री टोली कोरोना भाइरसटबा संक्रमित भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस