अमेरिकाको टेक्सासमा लरीभित्र ४६ जना मृत अवस्थामा भेटिए,१६ जनाको घाइते अवस्थामा उद्दार
काठमाडौं - अमेरिकाको टेक्ससमा एउटा लरीमा ४६ जनाको शव फेला परेको छ ।
टेक्ससको सान एन्टोनियोस्थित रेल वे ट्रयाक छेउमा अलपत्र अवस्थामा छाडिएको लरीमा ४६ वटा बेवारिसे शव फेला परेको र ती शव आप्रावासीहरुको भएको त्यहाँको प्रहरीले जनाएको छ ।
सोही लरीमा भेटिएका १६ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाईतेहरुमा बालबालिका पनि रहेका छन् । लरीलाई रेल वे ट्रयाकको नजिक छाडेर भागेका लरीका चालकको ब्यापक खोजी गरिएको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले अमेरिकी राष्ट्रपति जो बाइडेनले खुला सीमा नीति अपनाउनुको परिणाम भन्दै यसको जिम्मेवारी पनि बाइडेनले लिनुपर्ने बताएका छन्।
मेक्सिकोबाट मानव तस्करहरुले अमेरिकी सिमाना पार गराउने क्रममा उक्त घटना भएको अनुमान गरिएको छ । करिब ४० डिग्री सेल्सियस तापक्रम पुगेको क्षेत्रमा मानिसहरुलाई एउटै ट्रकमा कोचेर ल्याएका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन् ।
फेसबुक पेज Like गर्नुहोस