आज पनि १४ सयले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७९-०३-२३ १२:१२ मा प्रकाशित
Total Shares: 169
काठमाडौं - साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि सुन १६ सय रुपैयाँले घटेर थियो ।
यस्तै, चाँदीको मूल्य भने बिहीबार १० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस