काठमाडौं - काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।

मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ। मृत्यु हुनेमा तीन/तीन वर्षीया सचिन रानामगर र सन्ध्या रानामगर रहेका छन् ।