प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको छः प्रधानमन्त्री
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको बताएका छन्।
सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा प्रधानमन्त्री दाहालले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको बताए। उनले भने, ‘कन्फ्रन्टेसन होइन, वार्ता र संवादबाट जनताको भावनाको कदर हुने गरी समाधान खोजिनुपर्छ।’
सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। सबै दल मिलेर वार्ता गरी नामाकरण विवाद टुंग्याउनुपर्ने उनको भनाइ थियो।
दाहालले धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको बताए। सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए।

.gif)



फेसबुक पेज Like गर्नुहोस